कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

अपहरणको आरोपमा ५ जना पक्राउ

काठमाडौँ — सिनामंगलबाट एक व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ काठमाडौं महानगर–९ सिनामंगलबाट बा १६ च ४७७३ नम्बरको स्कर्पियोमा राखेर ४/५ जनाको समूहले एक व्यक्तिलाई जबरजस्तीलगेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।

अपहरणको आरोपमा ५ जना पक्राउ

पक्राउ पर्नेहरुमा सुर्खेत घुमखरी गाउँपालिका–७ घरभई मध्यपुर थिमि बस्ने २३ वर्षीय निरज केसी, चितवन भरतपुर उपमहानगर–९ नारायणघाट घरभई ललितपुर चाँगाथली बस्ने २६ वर्षीय सौजन्यसिंह ठकुरी, भक्तपुर मध्यपुर थिमि–२ का २४ वर्षीय आशिष कोजु, रुकुमपश्चिम त्रिवेणी गाउँपालिका–५ घरभई मध्यपुर थिमि बस्ने २६ वर्षीय शिवसज्जन वली र सिन्धुपाल्चोक सुकुटेका २५ वर्षीय सन्तोष न्यौपाने छन् ।

जिल्ला प्रहरी परिसर, नगर प्रहरी कार्यालय, प्रहरी वृत्त गौशाला र ट्राफिक प्रहरी गौशालाको संयुक्त प्रयासमा अपहरण गरेकै अवस्थामा स्कार्पीयोसहित उनीहरुलाई पुरानो बानेश्वरबाट पक्राउ गरेको एसपी मैनालीले बताए । उनीहरुविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१७ को देहाय २११ को ‘अपहरण गर्न नहुने’ कसूरमा शुक्रबार जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रकाशित : वैशाख १७, २०७९ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?