कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ललितपुरमा अक्सिजन सिलिन्डर विस्फोटमा मृत्यु हुनेको संख्या २ पुग्यो

काठमाडौँ — ललितपुर महानगरपालिका–६ पाटन औद्योगिक क्षेत्रको सगरमाथा अक्सिजन प्रालिमा अक्सिजन भर्ने क्रममा सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । बिहीबार बिहान अक्सिजन सिलिन्डर विस्फोट हुँदा प्लान्टका कामदार भारत पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाउँका४५ बृज महतोको मृत्यु भएको थियो ।

ललितपुरमा अक्सिजन सिलिन्डर विस्फोटमा मृत्यु हुनेको संख्या २ पुग्यो

विस्फोटबाट सख्त घाइते सोही अक्सिजन प्लान्टमा कार्यरत भारत घर भई ललितपुर महानगर–१८ बस्ने २५ वर्षीय राजकुमार महतोको उपचारको क्रममा पाटनअस्पतालमा मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता एसपी शिद्धिविक्रम शाहले बताए ।

अक्सिजन सिलिन्डर विस्फोटबाट घाइते पर्सा घरभई लुभुचागाथली बस्ने ४३ वर्षीय रमेश अधिकारी, ललितपुर महालक्ष्मी नगरपालिका–८ की ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका–९ का १९ वर्षीय सुदिप तिमिल्सेना, महांकाल गाउँपालिका–५ चन्दनपुरका २२ वर्षीय ईश्वर बजगाईं, ओखलढुंगा घरभई ललितपुर महानगर–१५ महालक्ष्मी बस्ने २० वर्षीया अन्जना पौडेल र चन्द्रागिरि नगरपालिका–२ दहचोकका ४९ वर्षीय गंगा शर्मा घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको अस्पतालबाट डिस्चार्ज भइसकेको एसपी शाहले बताए ।


प्रकाशित : वैशाख ८, २०७९ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×