कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८
काष्ठमण्डप उद्घाटन प्रकरण

मेयरसहित ४ विपक्षीलाई झिकाउन आदेश

काठमाडौँ — सर्वोच्च अदालतको अन्तरिम आदेश अवज्ञा गर्दै काष्ठमण्डप उद्घाटन गरेको भन्दै परेको अवहेलना मुद्दामा विपक्षीलाई झिकाउन बिहीबार आदेश भएको छ । अधिवक्ता सञ्जय अधिकारीलगायतले आइतबार दर्ता गरेको अवहेलना मुद्दामा सर्वोच्चले काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम र हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुख सन्दीप खनाललाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

मेयरसहित ४ विपक्षीलाई झिकाउन आदेश

प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संस्कृति मन्त्रालय, काठमाडौं–२० कार्यालयलाई विपक्षी बनाइएको मुद्दामा न्यायधीश कुमार रेग्मीको इजलासले ४ जनालाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन भनेको हो ।

२०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणपछि गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । पुनर्निर्माण समितिले काष्ठमण्डपभित्रका गोरखनाथ र ४ वटा गणेशका प्राचीन मूर्ति हटाएर नयाँ प्रतिस्थापन गरेको थियो । पुनर्निर्माणपछि पूरानो मूर्ति हटाएर नयाँ मूर्ति राखिएको भन्दै अधिवक्ता अधिकारीलगायतले नै गत पुस २८ मा सर्वोच्चमा रिट हालेका थिए । रिटको सुनुवाइ गर्दै सर्वोच्चले मुद्दा किनारा नलागेसम्म नयाँ मूर्ति नराख्न माघ ३ मा अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीश ईश्वर खतिवडाको उक्त आदेशको प्रतिकूल हुनेगरी उद्घाटन गर्न लागेको भन्दै सरोकारवालाबाट विरोध भए पनि राष्ट्रपति भण्डारीले काष्ठमण्डप उद्घाटन गरेकी थिइन् ।

प्रकाशित : चैत्र २५, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×