कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

भक्तपुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

भक्तपुर — अरनिको राजमार्ग सडकखण्डअन्तर्गत मध्यपुर थिमि कौशलटारमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

शनिबार राति काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको मिक्सचर बोकेको ना७ त २७७४ नम्बरको ट्याक्टरमा सवार उदयपुर गाईघाट घर भई ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरबाट खसेर घाइते भएका कार्कीको लोकन्थलीस्थित समिट अस्पताल प्राथमिक उपचार गरी थप उपचारका लागि नेसनल ट्रमा सेन्टर पुर्‍याएको र चिकित्सकले मृत घोषणा गरेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।

ट्याक्टर चालक झापा कन्काई नगरपालिका–५ घर भई ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त थिमिमा राखिएको छ ।

प्रकाशित : चैत्र ५, २०७८ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?