१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौँ — पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

बुधबार माइतीघर मण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनको क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको निर्णय तत्काल फिर्ता लिनुपर्ने बताए ।

उनले कोरोना महामारीको बेलामा जनतालाई राहत दिनुपर्नेमा सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर आहत दिने काम गरेको बताएका थिए । अध्यक्ष गजुरेलले भने, ‘पटक पटक सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरी नेपाल सरकार र नेपाल आयल निगमले मूल्यवृद्धि गरिरहेको छ । यसको विरोधमा हामीले प्रदर्शन गरेका हौं ।'

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम नागरिकको लताकपडा, खानेकुरा लगायत सबैमा मूल्यवृद्धि हुने भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन प्रदर्शनकारीले दबाब दिएका छन् ।

प्रदर्शनमा अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले सरकारले जनताको भोक, रोग र अभाव नदेखी बारम्बार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु दुःखद् भएको बताएकी थिइन् ।

प्रकाशित : माघ १९, २०७८ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?