कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंको शंखरापुरमा कोठाभित्र दम्पती मृत फेला

काठमाडौँ — शंखरापुर नगरपालिका–३ बोजेनीस्थित कोठाभित्र एक दम्पती मृत भेटिएका छन् । प्रहरीका अनुसार ५२ वर्षीय पदमबहादुर थिङ र उनकी पत्नी ४५ वर्षीय फूलकुमारी थिङ बिहीबार बिहान सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।

बुधबार बेलुका खाना खाएर मकलमा कोइला बालेर सुतेका दम्पती मृत अवस्थामा फेला परेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । ‘बिहान अबेरसम्म ढोका नखोलेपछि ढोका फुटाइ हेर्दा मृत फेला परेका हुन्,’ उनले भने,‘कोइला बालेर सुतेको पाइयो, निसास्सिएर मृत्यु भएको हुन सक्छ ।’

मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।

प्रकाशित : माघ १३, २०७८ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?