कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पठाओ चालकलाई लुटपाट गरेको आरोपमा दुई पक्राउ

काठमाडौँ — 'पठाओ चालक'लाई लुटपाट गरेको आरोपमा चन्द्रागिरिबाट दुई जना पक्राउ परेका छन् । शनिबार राति कोटेश्वरबाट ललितपुरको धापाखेल जाँदै गरेका चालक प्रविन राईलाई कुटपिट गरी लुटपाट गर्ने यात्रु सिन्धुलीका सुमन तामाङ र उनका साथी खोटाङका मिनराज राईलाई प्रहरीले पक्राउ गरेको हो ।

पठाओ चालकलाई लुटपाट गरेको आरोपमा दुई पक्राउ

प्रहरीका अनुसार राति करिब ११ बजे कोटेश्वरबाट धापाखेल लगिदिन भनी २१ वर्षीय तामाङले प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको एनएस पल्सर मोटरसाइकल चालक २५ वर्षीय राईलाई धापाखेलस्थित आँखीदहमा पुर्‍याएका थिए ।

प्रहरीका अनुसार सोही स्थानमा पर्खिरहेका मिनराज र तामाङले चालक राईलाई कुटपिट गरी उनको मोटरसाइकल, ब्लु बुक, सामसुङ कम्पनीको मोबाइल लुटपाट गरेर फरार थिए ।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी परिसरको संयुक्त प्रहरी टोलीले काठमाडौं जिल्लाको बलम्बुस्थित चन्द्रागिरि रिकन्डिसन सोरुम नजिकैबाट चोरी भएका सामानसहित पक्राउ गरेको हो । तामाङ र राईमाथि अनुसन्धान भइरहेको महानगरी प्रहरी परिसर ललितपुरका प्रवक्ता सिद्धिविक्रम साहले जानकारी दिए ।

प्रकाशित : माघ ९, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?