कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग

रासस

काठमाडौँ — विभिन्न विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । 

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग

अनेरास्ववियु, अखिल पाँचौँ, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, राष्ट्रिय विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल क्रान्तिकारी र राष्ट्रवादी विद्यार्थी संगठनसहित सात विद्यार्थी संगठनले बिहीबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।

नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा तीन रुपैयाँ र हवाई इन्धनमा पाँच रुपैयाँ वृद्धि गरेको छ । 'समायोजन गर्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाइ आयल निगमले चुहावट नियन्त्रणमा पटक्कै ध्यान नदिने, घाटा हुँदा पनि आफ्ना कर्मचारीलाई बोनस र भत्ता वितरण गर्ने तथा कर्मचारीको मनोमानीलाई लुकाएर निगमलाई निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटकपटक मूल्य वृद्धि गर्ने कदम प्रति विद्यार्थी संगठनहरु खेद व्यक्त गर्न चाहन्छौं' विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : माघ ६, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?