कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्वागलस्थित साउन्ड सिस्टम स्टोरमा आगलागी

ललितपुर — ललितपुरको युएन पार्क ज्वागलस्थित एक साउन्ड सिस्टम स्टोरमा आगलागी भएको छ । बुधबार दिउँसो २ बजेतिर लाइभ वर्क्स साउन्ड सिस्टम स्टोरमा आगलागी भएको हो ।

आगलागीबाट स्टोरमा राखिएका साउन्ड सिस्टम जलेर नष्ट भएको संचालक सुधन बज्राचार्यले बताए । आगलागीबाट करिब ३ करोड रुपैयाँ क्षति पुगेको बज्राचार्यले दाबी गरेका छन् ।

आगलागीको केही बेरपछि प्रहरीले आगलागी नियन्त्रणमा लिएको छ। साथै आगलागी कसरी सुरु भयो भन्ने बारे यकिन भएको छैन । यद्यपि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ५, २०७८ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?