कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ३ हजार ३४७ कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ जिल्लामा आइतबार ३ हजार ३४७ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ३ हजार ३४७ कोरोना संक्रमित

देशभर भने २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या शनिबार देखिएको नयाँ संक्रमितभन्दा ३२५ ले बढी हो । शनिबार देशभरमा चार हजार ६३६ नयाँ संक्रमित पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको नमूना परीक्षण गरिएको थियो । १२ हजार ५६२ जनाले पिसीआर र दुई हजार ५६९ जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औसत संक्रमणदर ३६ दशमलव १ प्रतिशत छ ।

प्रकाशित : माघ २, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?