१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

धोबिखोला करिडोरको अनुगमनमा पुगिन् मन्त्री झाँक्री

काठमाडौँ — सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बिहीबार बिहान धोबिखोला करिडोरको अनुगमन गरेकी छन् ।

धोबिखोला करिडोरको अनुगमनमा पुगिन् मन्त्री झाँक्री

मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्राद्यिकरण र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले बिहान उक्त क्षेत्रको निरीक्षण गरेको हो ।

टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामाग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ । उक्त क्षेत्रको अवलोकन गर्ने क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राद्यिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । अनुगमनका क्रममा मन्त्री झाँक्रीले भनिन्, 'करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस् । म केहीदिनमा पुनः अनुगमनमा आउँछु ।'

मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएको छ । बिहान साढे ६ बजे बबरमहलबाट सुरु भएको अनुगमन बुढानिलकण्ठ पुगेर टुंगिएको थियो ।

प्रकाशित : पुस २९, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?