२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सहकारीबाट ९ लाख २९ हजार नगद चोरी

भक्तपुर — सूर्यविनायक नगरपालिका–८ गणेश मन्दिर नजिकैको अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्थाबाट आइतबार राति चोरी भएको छ । सहकारीको दराज फुटाएर ९ लाख २९ हजार ३ सय ३१ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

उक्त सहकारीले सुरक्षागार्डको व्यवस्था पनि नगरेको र सीसी क्यामरा पनि नराखेकोले चोरीमा संलग्नको पहिचान हुन नसकेको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी रामबहादुर केसीले बताए । चोरीमा संलग्नको खोजी भइरहेको उनले बताए ।

दुईसाता अघि भक्तपुरकै मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित दक्षिणकाली महिला बचत तथा ऋण सहकारी संस्थाबाट करिब ७ लाख रूपैयाँ चोरी भएको थियो । चोरीमा संलग्नको अझै पहिचान हुन सकेको छैन ।

प्रकाशित : पुस १९, २०७८ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?