कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

'सानो संसार'को छायांकन जेठ ३० देखि

काठमाडौँ — 'चपलीहाइट ३'का निर्माता अर्जुन कुमारले नयाँ फिल्म निर्माण गर्दैछन् । निर्देशकदेखि थुप्रै कलाकारलाई डेब्यू गराउने फिल्मको नाम हो, 'सानो संसार' । 

'सानो संसार'को छायांकन जेठ ३० देखि

निर्माता कुमारका अनुसार फिल्मको प्रमुख भूमिकामा सितादेवी तिमिल्सिना देखिँदैछिन् । उनी हास्यकलाकार केदार घिमिरे उर्फ 'माग्ने'की पत्नी हुन । यही फिल्मबाट कलाकारहरु राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटीले डेब्यू गर्दैछन् ।

निर्माण टिम ३० दिनको सेड्युल बोकेर छायांकनस्थल पुगिसकेको छ । जेठ ३० बाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन्, टिम । फिल्मको छायांकन नुवाकोट र धादिङमा हुनेछ । 'यो फिल्ममार्फत मैले थुप्रै कलाकारलाई नेपाली फिल्म क्षेत्रमा डेब्यू गराउँदैछु । निर्देशकले पनि डेब्यू नै गर्दै हुनुहुन्छ । नयाँ अनुहार र नयाँ कन्सेप्ट ल्याउनका लागि यो टिमलाई मैले रोजेको हुँ,'निर्माता कुमारले बताए ।

फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गर्नेछन् । निर्देशक पुडासैनीलाई फिल्मको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी हुन् । निर्माण अगावै यो टिमले फिल्मको प्रदर्शन मिति पनि तय गरिसकेको छ । यो फिल्म आगामी दशैंको घटस्थापना (असोज १७)मा प्रदर्शन गर्ने तयारी छ ।

प्रकाशित : जेष्ठ २७, २०८१ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x