स्टार्कको कीर्तिमानी विकेट

एएफपी

म्यानचेस्टर — मिचेल स्टार्क एकै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । अस्ट्रेलिया बिहीबार इंग्ल्यान्डसँग पराजित भएर सेमिफाइनलबाटै बाहिरिएको खेलमा १ विकेट लिँदै उनले जारी प्रतियोगितामा आफ्नो विकेटसंख्या २७ पुर्‍याएका हुन् । उनले सन् २००७ को विश्वकपमा अस्ट्रेलियाकै ग्लेन म्याकग्राले २६ विकेट लिएको कीर्तिमान उछिनेका हुन् । 

स्टार्कको कीर्तिमान यस विश्वकपमा तोडिने सम्भावना ज्यादै कम छ । आइतबार फाइनल खेल्न लागेका न्युजिल्यान्ड र इंग्ल्यान्डका खेलाडीमा जोफ्रा आर्चरको १९ र लोकी फेर्गुसनको १८ विकेट छ । त्यस्तै ट्रेन्ट बोल्टको १७ विकेट छ । अस्ट्रेलियालाई २०१५ को पछिल्लो विश्वकप विजेता बनाउनेक्रममा पनि स्टार्कले २२ विकेट लिएका थिए ।

अस्ट्रेलियाले मध्यम स्कोर बनाएको अवस्थामा त्यसलाई रक्षा गर्ने टोलीको धेरै आस स्टार्कमै रहेको थियो । तर स्टार्कले १ विकेट थपे पनि खासै सम्झनलायक प्रदर्शन गर्न सकेनन् । उनले ९ ओभरमा ७० रन खर्चन पुगे ।

उनले पहिलो ५ ओभरमा ५० रन खर्चेका थिए । पाचौं ओभरको दोस्रो बलमा स्टार्कले जोनी बेरिस्टोलाई एलबीडब्लू आउट गरे । त्यसपछि आएका जो रुटले स्टार्कलाई तीन चौका प्रहार गरे ।

प्रकाशित : असार २७, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्लेयर्स टु वाच : न्युजिल्यान्डका रस टेलर

एएफपी

म्यानचेस्टर — रस टेलरले भारतसँग सेमिफाइनलमा बनाएको ७४ रनको इनिङ्सलाई सायदै भुल्ने छन् । उनको यही प्रयासले न्युजिल्यान्ड लगातार दोस्रोपल्ट फाइनलमा पुग्न उल्लेखनीय भूमिका खेलेको थियो ।

प्रतियोगितामा उनले तेस्रो पटक अर्धशतक बनाएका हुन् । बंगलादेशसँगको पहिलो खेलमा ८२ रन जोडेका टेलरले प्रतियोगितामा ३ सय ३५ रन बनाइसकेका छन् ।

न्युजिल्यान्डबाट सर्वाधिक रन बनाउनेमा उनीभन्दा अगाडि कप्तान केन विलियम्सनमात्र छन् ।

प्रकाशित : असार २७, २०७६ १०:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×