कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्ल्यान्ड फेरि लयमा

एएफपी

बर्मिङघम — जोन्नी बेरस्टोवको शतक र क्रिस वोक्सको सुरुआती सानदार बलिङ स्पेलमा इंग्ल्यान्डले आइतबार भारतमाथि ३१ रनको विजय हात पारेको छ । यस विजयले आयोजक इंग्ल्यान्डको सेमिफाइनल पुग्ने आशालाई जीवितै राखेको छ । यता भारतले जारी प्रतियोगितामा पहिलो हार बेहोर्नुपरेको छ । 

इंग्ल्यान्ड फेरि लयमा

श्रीलंका र अस्ट्रेलियासँग लगातार पराजित भएर भारतको सामना गरेको इंग्ल्यान्ड बुधबार हुने खेलमा न्युजिल्यान्डलाई पराजित गरे सेमिफाइनलमा पुग्नेछ । भारतले पनि मंगलबार हुने खेलमा बंगलादेशलाई पराजित गरे सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।

पहिलो पटक विश्वकप जित्ने अभियानमा रहेको इंग्ल्यान्डले टस जितेपछि आक्रामक खेल्दै ३३७–७ को स्कोर बनाएको थियो । बेरस्टोले १ सय ११ रन बनाए । उनले चोटबाट फर्किएका ओपनर जेसन रोयसँग पहिलो विकेटमा २२ ओभरमा १ सय ६० रन जोडे । रोय ६६ रन बनाई आउट भए । बेरस्टोले १ सय ९ बल खेली १० चौका र ६ छक्का प्रहार गरे । अलराउन्डर बेन स्टोक्सले तीब्र गतिमा ७९ रन बनाए । उनले ५४ बलको इनिङ्समा ६ चौका र ३ छक्का प्रहार गरे । मोहम्मद सामीले ६९ रन खर्चेर ५ विकेट लिई आफ्नो खेलजीवनको उत्कृष्ट बलिङ गरे ।

विजय लक्ष्य पछ्याउने क्रममा भारतको यसअघिको जस्तो लय देखिएन र टोली ३०६–५ को स्कोरमा रोकियो । वोक्सले ओपनर केएल राहुललाई आफ्नै बलिङमा क्याच गरे । वोक्सले पहिलो ३ ओभर मेडन फालेका थिए । दोस्रो स्लिपमा जो रुटले क्याच लिएको भए अर्का ओपनर रोहित शर्मा पनि ४ रनमै आउट हुने थिए । तर जीवनदानको फाइदा उठाउँदै रोहितले १ सय २ रन बनाए । यस विश्वकपमा यो उनको तेस्रो शतक हो ।

१ सय ९ बल खेलेका रोहितले १५ चौका प्रहार गरे । कप्तान विराट कोहली ६६ र हार्दिक पाण्ड्या ४५ रनमा आउट भए । पहिलो पटक खेलेका रिशभ पन्तले ३२ रन जोडे । महेन्द्रसिंह धोनी ४२ रनमा अविजित रहे । वोक्सले २ र लिएम प्लुन्केटले ३ विकेट लिए ।


स्कोर कार्ड

इंग्ल्यान्ड

३१ रनले विजयी


इंग्ल्यान्ड

५० ओभर ३३७/७

जोन्नी बेरस्टो–१११

बेन स्टोक्स–७९

जेसन रोय–६६


मोहम्मद सामी ५/६९

जस्प्रित बुमराह १/४४


भारत

५० ओभर–३०६/५

रोहित शर्मा–१०२

विराट कोहली–६६

हार्दिक पाण्ड्या–४५


लिएम प्लुन्केट ३/५५

क्रिस वोक्स २/५८

प्रकाशित : असार १६, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?