कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आगामी बजेट १७ खर्बभन्दा माथि जानु हुँदैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सुरुकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्नचिह्न उठ्नेगरी ल्याउन नहुने बताएका छन् । 

आगामी बजेट १७ खर्बभन्दा माथि जानु हुँदैन : पूर्वअर्थमन्त्री पौडेल

नेपाल बुद्धिजीवी परिषद्ले आर्थिक वर्ष २०८१/०८२ को बजेटको कार्यदिशा बारेको छलफल कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले सरकारले ल्याउने बजेट सुरुकै दिनमा कार्यान्वयनमा चुनौती रहेको सन्देश दिनेगरी ल्याउन नहुने सुझाव दिए । पूर्वअर्थमन्त्री पौडेलले सरकारले बजेटको आकार मुलुकको अर्थतन्त्रको वास्तविकता र लिमिट क्रस गर्न नहुने उल्लेख गरे ।

१७ देखि २० खर्बको आकारमा बजेट ल्याउने सुनिएको भन्दै सरकारले असीमित ढंगले ठूलो आकारको बजेट बनाउन नहुने उनले सुझाव दिए । उनले बजेट राजस्व, अन्तर्राष्ट्रिय ऋण र आन्तरिक ऋण परिचालनको आधारलाई नहेरी बजेटको आकार वृद्धि गर्ने छुट नभएको बताए । उनले माग बढी भएकाले ठूलो आकारको बजेट बनाउने अवस्था नभएको उल्लेख गरे । पौडेलले सरकारले १७ खर्बभन्दा माथिको बजेट जान नहुनेमा जोड दिए ।

उनले १६ औं योजना, दिगो विकास लक्ष्य, अल्पविकसित मुलुकबाट विकास उन्मुख देशमा स्तरोन्नति हुँदाका अवसर र चुनौतीको आधारका साथै सरकारमा सहभागी भएका राजनीतिक दलहरुको नीतिगत प्राथमिकता र साझा संकल्पका आधारमा बजेट आउनमा जोड दिए । उनले मुख्यतया बजेट निर्माणको आधार सरकारको नीति तथा कार्यक्रम भएको पनि उल्लेख गरे ।

मुलुकको स्रोत, साधन र सम्भावनाहरुको सांपेक्षतामा बजेट निर्माण गरिने जानकारी दिए । मानिसहरुका सुन्दर चाहनाहरु बजेट बन्न नसक्ने भन्दै सुन्दर चाहनालाई परिस्थितिको सीमाभित्र रहेर कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने अवस्था रहेको पूर्वअर्थमन्त्री पौडेलले भनाइ छ ।

प्रकाशित : जेष्ठ ११, २०८१ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?