कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

कुन प्रदेश कति धनी ?  

काठमाडौँ — नेपालका सात प्रदेशमध्ये वाग्मती प्रदेश सबैभन्दा धनी रहेको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले देखाएको छ ।

कुन प्रदेश कति धनी ?  

कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले सात प्रदेशमध्ये सबैभन्दा धेरै प्रतिव्यक्ति जीडीपी वाग्मती प्रदेशमा रहेको देखाएको हो ।

प्रतिवेदनका अनुसार वाग्मती प्रदेशको प्रतिव्यक्ति जीडीपी २ हजार ४ सय ८५ अमेरिकी डलर छ । यस्तै, दोस्रो धनी प्रदेश गण्डकी हो । यो प्रदेशको प्रतिव्यक्ति जीडीपी १ हजार ५ सय ५७ डलर छ ।

यसैगरी, कोशी प्रदेशको प्रतिव्यक्ति जीडीपी १ हजार ३ सय ३६ अमेरिकी डलर, लुम्बिनीको १ हजार १ सय ५९ डलर, सुदूरपश्चिमको १ हजार १ सय ११ डलर, कर्णालीको १ हजार ६६ डलर र मधेश प्रदेशको प्रतिव्यक्ति जीडीपी ८ सय ९२ डलर छ । जसअनुसार समग्र नेपालको प्रतिव्यक्ति जीडीपी १ हजार ४ सय ३४ अमेरिकी डलर छ ।

प्रकाशित : जेष्ठ ९, २०८१ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?