कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन

रासस

काठमाडौँ — विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ जनाले आवेदन दिएका छन् । आयोग अध्यक्षका लागि आजसम्म आवेदन दिने अन्तिम दिन थियो । 

नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अध्यक्षका लागि निवर्तमान अध्यक्ष दिल्लीबहादुर सिंह, डा रामप्रसाद धिताल, मोतिबहादुर बँवर, डा मधुसुधन अधिकारी, कृष्णसिंह बस्नेत, चन्द्रसिंह सायद, अर्जुनजंग थापा र कुशेश्वरप्रसाद साहले आवेदन दिएका छन् ।

त्यस्तै सदस्यका लागि जयराम भण्डारी, चूडामणि चापागाईं, डा मधुसूदन अधिकारी, सुरेशबहादुर भट्ट, भागीरथी भट्टराई ज्ञवाली, कृष्णसिंह बस्नेत, शकुन्तला ढकाल मरहट्ठा, झमकप्रसाद शर्मा, कुशेश्वरप्रसाद साह, डा सूर्यकुमार सापकोटा र जेनी पुरीले आवेदन दिएका छन् ।

मन्त्रालयले गत वैशाख २६ गते १५ दिनभित्र आवेदन दिन सार्वजनिक सूचना आह्वान गरेको थियो । सूचनाअनुसार, एक अध्यक्ष र तीन सदस्यका लागि आवेदन दिन भनिएको थियो । मुलुकको ऊर्जा क्षेत्रको नियमन गर्ने निकायका रुपमा आयोग क्रियाशील छ । आयोगका अध्यक्ष र सदस्यको कार्यावधि पाँच वर्षको रहेको छ ।


प्रकाशित : जेष्ठ ९, २०८१ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x