कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

बजेट कार्यान्वयन योजना बनाउन सुरु

रासस

काठमाडौँ — अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ ।

अर्थमन्त्री वर्षमान पुनले शुक्रबार मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुख, भन्सार विभाग, आन्तरिक राजस्व विभागलगायतका उच्च अधिकारी बोलाएर कार्ययोजनाबारे प्रारम्भिक छलफल गरेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । त्यस क्रममा अर्थमन्त्री पुनले कार्यान्वयन हुन सक्ने गरी वस्तुवादी योजना तयार पार्न निर्देशन दिए । ‘खर्च बढाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्ययोजना बनाऔं । तोकिएको समयमा लक्ष्यअनुसार खर्च गर्ने र खर्च बढाउन सकियो भने त्यति नै बजार चलायमान हुने हो,’ अर्थमन्त्री पुनले भने ।

प्रकाशित : असार ८, २०८१ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×