तोलामा दुई हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सय रुपैयाँले ओरालो लागेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![तोलामा दुई हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/money-finance/img3631sahakali-gold-silver-photo-by-navaraj-wagle-1432024064134-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
सोमबार तोलामा एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार पाँच सय रुपैयाँमा निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँले गिरावट भएको छ । सोमबार प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० रुपैयाँ निर्धारण भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया