तोलामा सात सय रुपैयाँले बढ्यो सुनको मूल्य
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला सात सय रुपैयाँले उकालो लागेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![तोलामा सात सय रुपैयाँले बढ्यो सुनको मूल्य](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/money-finance/gold-3012024065738-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
बिहीबार प्रतितोला एक लाख ३८ हजार छ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३७ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार छ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय २५ रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय २० रुपैयाँ निर्धारण भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया