नेप्सेमा झण्डै १७ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १६.८२ अंकले घटेर २ हजार ६.५२ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ०.८३ अंकले घटेको हो । आइतबार करिब साढे २ अंकले घटेको नेप्से सोमबार दोहोरो अंकले घटेको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![नेप्सेमा झण्डै १७ अंकको गिरावट, कारोबार रकम पनि घट्यो](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/money-finance/share-bear-1222024105906-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । उक्त दिन कारोबारमा आएकामध्ये ५२ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ८४ वटाको घट्यो र बाँकी ८ कम्पनीको सेयर मूल्य स्थिर छ । सो दिन ५० हजार ५ सय २४ वटा कारोबारबाट ७२ लाख २३ हजार ७ सय ७३ कित्ता सेयर किनबेच भए ।
ती किनबेचमा २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत आइबार ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
पछिल्ला दिनहरुमा निरन्तरजसो सेयर बजार घटिरहेको छ । यहीकारण सेयर बजारको आकार कुल बजार पुँजीकरण घटेर ३१ खर्ब ८१ अर्ब कायम भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)