कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

काठमाडौंसहित तीन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख फेरिए

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीलाई भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पठाएको छ ।

काठमाडौंसहित तीन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख फेरिए

उनको स्थानमा प्राधिकरणको कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक जगन्नाथ निरौलालाई पदस्थापन गरिएको छ । बुधबारको प्राधिकरण निर्णयले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेलाई सिनामंगलस्थित कर्पोरेट निर्देशनालयमा तानेको छ ।

त्यस्तै पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकमा नविना कर्माचार्यलाई जिम्मेवारी दिइएको छ । पोखरामा उनीअघि देवचन्द्रलाल कर्ण महाप्रबन्धक थिए । कर्णलाई सिनामंगलस्थित उड्डयन तथा हवाई नियमन निर्देशनालयको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

प्रकाशित : चैत्र २१, २०८० २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×