कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लगानी सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्डका लगानीकर्तालाई आग्रह

काठमाडौँ — नेपालमा हुन लागेको लगानी सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्डका लगानीकर्तालाई आग्रह गरिएको छ । नेपाल र स्वीजरल्यान्डबीच द्विपक्षीय परामर्श संयन्त्रको बैठकको दौरानमा बिहीबार जेनेभामा नेपाली पक्षले स्वीट्जरल्यान्डको टोलीलाई लगानी सम्मेलनमा सहभागिताका लागि आग्रह गरेको हो ।

लगानी सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्डका लगानीकर्तालाई आग्रह

वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलन काठमाडौंमा हुँदैछ ।

द्विपक्षीय बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका युरोप-अमेरिका महाशाखाका प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकालले उक्त आग्रह गरेका हुन् ।

स्वीट्जरल्यान्डको तर्फबाट भने विदेश मन्त्रालयका एसिया र प्रशान्त क्षेत्रका सहायक राज्यमन्त्री हेइन्रिच स्चेलेन्बर्गले गरेका थिए । बैठकमा दुई पक्ष बीचको सम्पूर्ण सम्बन्धको समीक्षा गर्दै नेपाल र स्वीट्जल्याड बीचको आर्थिक सम्बन्ध, विकास साझेदारी, बहुपक्षीय सहकार्य, वर्तमान विश्वका विषयहरु तथा जलवायु परिवर्तन र मानव अधिकारबारे छलफल भएको जेनेभास्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित : चैत्र २१, २०८० १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×