कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ — नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो । 

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर एक लाख ३३ हजार रुपैयाँ तय भएको हो ।

यस्तै, तेजावी सुन तोलमा मंगलबार प्रतितोला एक लाख ३० हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३२ हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि उकालो लागेको छ । मंगलबार प्रतितोला एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने ६५ले बढेर एक हजार छ सय १० रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ ।

प्रकाशित : चैत्र २१, २०८० ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×