कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

तातोपानीबाट नौ वर्षपछि ट्रेलर कन्टेनर चिनियाँ बजारमा प्रवेश 

अनिश तिवारी

सिन्धुपाल्चोक — उत्तरको दोस्रो ठूलो भन्सार तातोपानी नाकाबाट ट्रेलर कन्टेनर चिनियाँ बजार प्रवेश गर्न थालेका छन् ।तातोपानी हुँदै दिनहुँ दर्जनौं खाली कन्टेनर सामाग्री ल्याउनका लागि चिनियाँ बजारको मोडक्षेत्रमा पुग्न थालेका हुन् ।

तातोपानीबाट नौ वर्षपछि ट्रेलर कन्टेनर चिनियाँ बजारमा प्रवेश 

प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यकाअनुसार हाल खासा बजार पुनर्निर्माण भइरहेकाले रमितेभन्दा केही तलको भूभागमा आयात सेन्टरको यार्डमा सवारी र चालकलाई जान दिइएको हो ।

आहिलेसम्म औपचारिक पत्र या विवरण नआएपनि रमितेभन्दा राखेर नेपाली भ्यानमा सामान पल्टी गर्ने दिइने अनौपचारिक खबर जारी रहेको उनले बताए । ‌औपचारिक त्यस्तो त केही पाइएको छैन ,तर यअसघिका बैठक तथा छलफलबाट चीन सकरात्मक भएर अघि बढेको देखिन्छ , चिनियाँ बजारको मोडक्षेत्रसम्म ट्रेलर कन्टेनर गइरहेका छन्,क्रमशः यो सुधारोन्मुख छ,'प्रजिअ आचार्यले भने ।

चीनको सीगात्सेबाट १३ दशलव ७५ लामो ट्रेलरलाई आयात यार्डमा स्थान निश्चित भएकाले कन्टेनर प्रवेश समय निश्चित गरिएको छ ।

करिब दुई वर्षलाई लक्षित गरेर खासामा स्मार्ट सिटी तयार गरेर चीनले भौतिक पूर्वाधार र संरचना पुनर्निर्माणका कार्यलाई निरन्तरता दिएको छ ।

भूकम्प र पराकम्पपछि नाका ठप्प हुँदा खासासहित रमिते र तल्ला मोडक्षेत्रका चिनियाँ बजार सुनसान र उजाड बनेका थिए ।

त्यसउता नेपाली कन्टेनर र भ्यान चिनियाँ बजार जान पाएका थिएनन् । अहिले कन्टेनर र स्थानीय चिनियाँ बजार भित्रन थालेयता रमितेक्षेत्रमा होटेल र पसल खुल्न थालेका छन् ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आयातलाई चीनले फराकिलो बनाएसँगै निर्यातमा केही सुधार आएको बताए ।

तातोपानीबाट आहिलेसम्म ८ वटा कन्टेनरबाट झण्डै एक करोड बराबरको मुडा,फ्रेमजस्ता सामाग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन् । कन्टेनर पारी पुगिरहँदा निर्यात थपिँदैछ, भने आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामाग्री आएका छन्,' केसीले भने ।

स्थानीयमा आशा

खासामा चल्ने कन्टेनर भूकम्पले नाका बन्द भएयता अधिकाशं रसुवागढी नाकामा दर्ता भएर सञ्चालित छन् । अब ती गाडीको थर्ड पार्टी इन्स्युरेन्स केरुङ र खासा दुवैमा दर्ता गर्नुपर्ने प्रावधान छ । नेपाल ट्रक कन्टेनर तथा ढुवानी सेवा कम्पनी लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाकाअनुसार केरुङमा दुईसय ८१ र तातोपानीमा दुईसय कन्टेनर चलिरहेका छन् । जसमा २० वर्ष पूराना चार सय वटा कन्टेनर भ्यानको डायल नम्बरअनुसार नयाँ कन्टेनर चलाउन आहृवान गरिएको उनले बताए ।

प्रकाशित : चैत्र १९, २०८० १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?