कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेप्से परिसूचक १५.३३ अंकले बढ्याे

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १५.३३ अंकले बढेको छ । सोमबार शून्य दशमलव ७३ प्रतिशतले बढेको नेप्से २१०१.१६ अंकमा सिमित भएको छ ।

नेप्से परिसूचक १५.३३ अंकले बढ्याे

कुल १९९ कम्पनीको सेयर मूल्य बढ्यो भने ४५ कम्पनीको मूल्य घट्यो । ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । सबै उपसमुह बढ्दा अन्य उपसमुह भने सामान्य अंकले घटेको छ । सबैभन्दा बढी नीर्जिवन बिमा १८३.६६ अंकले बढ्यो भने उत्पादन तथा प्रशोधन १२५.९३ अंकले बढ्यो । जलविद्युत् ४९.२०, जिवन बिमा ३८.१६, विकास बैंक २३.१४ अंकले बढ्यो ।

बेटलर्स नेपाल, समाज लघुवित्त वित्तीय संस्था, कुथेली बुखारी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, बलेफि हाइड्रोपावर, जोशी हाइड्रोपावर विकास बैंकको मूल्य १० प्रतिशतले बढ्यो । आज सबैभन्दा बढी हिमालय रि इन्स्योरेन्सको २३ करोड २ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

प्रकाशित : माघ २९, २०८० १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×