कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

जेठयता नेपालबाट ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् भारत निर्यात 

असोजमा मात्र ४ अर्बको निर्यात
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले यो वर्षको जेठदेखि असोजसम्ममा ११ अर्ब  ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । 

जेठयता नेपालबाट ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् भारत निर्यात 

प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज गरी ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ ।

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत् औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । गत जेठ महिनाका पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको थियो । जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युत् औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ । तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् निर्यात भएको हो ।

साउन, भदौ र असोजमा भारततर्फ निर्यात गरिएको विद्युत्‌को औसत बिक्री दर प्रति युनिट क्रमश: ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ । तीन महिनाको विद्युत् समग्र औसत बिक्री दर प्रति युनिट १० रुपैयाँ २७ पैसा छ । विद्युत् निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितीमा योगदान पुगेको छ ।


प्रकाशित : कार्तिक १, २०८० १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?