समानुपातिक प्रतिनिधित्व पनि न्यायसंगत छैन । कुनै जिल्लाबाट धेरै, कुनै जिल्लाबाट नहुने स्थिति छ ।
चमेलीका गीत गाउँदै मेयर बनेका वालेन्द्र शाह मेयर हुँदा पनि चमेलीहरूका प्रिय बन्न सकेनन् । उबेला सडक पेटीमा मकै पोलेर गुजारा गरेका चमेलीहरू खेदिए, ठेलामा तरकारी बेचेर बालबच्चाको मुखमा खाना र ज्यानमा नानाको जोहो गर्दै आएका चमेलीका श्रीमान्हरू खेदिए ।
पुराना र नयाँ भनिएका दलहरूले यतिखेर धमाधम आ–आफ्ना घोषणापत्र तयार गदैगर्दा यो देशको वास्तविक ऐना हेरिरहेका होलान् कि नाइँ ? कर्णाली र सुदूरपश्चिमका नागरिकलाई तिनको कष्टकर जीवनबाट मुक्तिका लागि के–कस्ता खाका कोर्लान् ?
आज पनि हाम्रा प्रधानमन्त्रीलाई लाग्छ– मानौं छोरीहरू भनेका सन्तान जन्माउने मेसिन हुन् । उनीहरूले योभन्दा अरू कुरा सोच्नै हुँदैन
के दोस्रो विश्वयुद्धताका यहुदीहरूलाई हिटलरले दिएको चोट र आज इजरायलले प्यालेस्टिनीहरूलाई दिएको चोटको दुखाइ एउटै होइन ?
चन्दा संकलन गरेर वृद्धवृद्धाका लागि सुविधासम्पन्न आश्रम निर्माण गर्नुभन्दा ठूलो महायज्ञ र ‘चौरासी पूजा’ अरू के हुन सक्ला ?
विधेयक पास भए कैयौं एकल आमाले हुर्काएका सन्तानहरूले आमाका नामबाट नागरिकता प्राप्त गरी आफ्नै देशमा अनागरिक हुनुपरेको पीडा र अपमानबाट मुक्ति पाउनेछन्