रामेश्वरी पन्त

जब चिप्लियो मुख्यमन्त्रीको जिब्रो 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गत शुक्रबार मिथिलाका अगुवा महिलाहरूको भेलामा भनेछन्, ‘मेरो कार्यकालमा छोरीहरूलाई यति सक्षम बनाउनेछु कि छोरीहरूले अब छोराको मुखमा एसिड खन्याउनेछन् ।’ आफू मुख्यमन्त्री भएदेखि नै छोरीहरूबारे सोच्दै आएको बताउने राउतले यस पटक भने अति नै सोचेछन्, जसको चौतर्फी आलोचना भइरहेको छ । हुन त उनको आशय गलत थिएन भन्ने लाग्छ । उनले ‘अब मधेसका छोरीहरूलाई पनि छोराहरूजस्तै हिम्मतिला बनाउँछु’ भन्न खोजेका थिए सायद । तर जिब्रो चिप्लियो ।

छोरी, दान र दासत्व

दृश्य एकः बेहुला र बेहुली यज्ञवेदीको परिक्रमा गर्दै छन् । हातमा सानो रुमाल लिएकी बेहुलीकी बहिनी प्रत्येक चोटि जबर्जस्ती बेहुलाको खुट्टाको बूढीऔंला समात्न पुग्छे । बेहुला बल गरेर औंला छुटाउँछ र फेरि अगाडि बढ्छ ।

'बाबा'हरूको यौनलीला र अन्धविश्वास

यतिखेर महिला हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहेको छ । परिणाममुखीभन्दा पनि कर्मकाण्डीय रूपमा हरेक वर्ष खबरमा रहने यो अभियानकै दौरान, आफूलाई सिद्धबाबा भनेर चिनाउँदै आएका कथित धर्मगुरुबाट बलात्कृत भएको भनेर एक महिलाले प्रहरीमा जाहेरी दिएपछि फेरि एक पटक धर्मका ठेकेदार कथित ‘बाबा’ को घृणित यौनजीवन सतहमा आएको छ ।

हामी बच्चालाई माया गर्दैछौं कि घात ?

नियमित आँखा जाँचको क्रममा तिलगङ्गा आँखा प्रतिष्ठान पुगेकी म संयोगले बाल नेत्रपरीक्षण कक्षसँगै रहेको डाक्टरकहाँ पठाइएँ । सधैंजसो ‘मानव महासागर’ रहने प्रतिष्ठानको पल्लो भवनमा पुगेपछि देखिएको दृश्य अर्कै थियो । एकातिर ससाना नानीबाबुहरू रमाउँदै खेलिरहेका थिए भने अर्कोतिर बच्चा समातेर लामबद्ध भएका आमाहरू । सबैजना आ–आफ्ना बच्चाको आँखा देखाउने पालो पर्खिरहेका थिए ।

संस्कार कि दासता ?

एक्काइसौं शताब्दीको उत्तरार्धमा पनि एकथरी नेपाली महिला पितृसत्ताको ढाल बनेर पैरवी गरिरहेछन् । कसरी शिक्षित भनिएका महिलाहरू परम्परा जोगाउने नाममा दासत्वको निकृष्ट परम्परालाई निरन्तरता दिन्छन् भन्ने कुराको उदाहरण भर्खर बिदा लिएको यो वर्षको तीजमा देखियो ।

रामेश्वरी पन्तका लेखहरु :

भत्काउन जरुरी मनका छाउगोठ

अस्ति फागुन २३ गते प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले ‘छाउपडी प्रथा दुई महिनाभित्र निर्मूल गर्न’ सरकारलाई निर्देशन दियो । छाउपडी जस्तो अमानवीय परम्पराबारे चासो राखेर जनप्रतिनिधिहरूले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउनु सकारात्मक हो ।

सन्देशमूलक स्वस्थानी

हामीकहाँ आयातित ‘प्रेम दिवस’को हल्ला धेरै हुने गर्छ । तर आफ्नै पूर्वीय दर्शनभित्रका कैयांै सुन्दर प्रेमकथाबारे अनभिज्ञ छौं । प्रेम दिवस अक्सर स्वस्थानी व्रत अवधिमा पर्छ । स्वस्थानी कथा एउटा आदिम प्रेमको अनुपम कथा पनि हो भनेर कमैलाई थाहा होला । 

न्यायका नाममा नाटक

प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे चार महिनासम्म पनि बलात्कारी र हत्यारा फेला पार्न सकेको छैन । अनुसन्धानका नाममा पटकपटक समिति गठन गर्नेदेखि जोकसैलाई बलात्कारी र हत्यारा हो भन्दै समात्ने, थुन्ने र यातना दिने अनि फेरि ‘निर्दोष रहेको भन्दै’ छाडिदिने जस्ता कार्यले निरन्तरता पाइरहेको छ । 

किन चुप नेकपा नेत्रीहरू ?

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार गरी हत्या भएको २ महिना पुग्यो । अपराधी पत्ता लाग्नसकेको छैन । वर्षौंअघि पोखराको नमिता–सुनिता हत्याकाण्ड जस्तै निर्मला हत्याकाण्ड रहस्यमय बनेको अनुमान सबैतिर भइरहेछ । पटक–पटक अनुसन्धान टोली खटाउँदा पनि निर्मलाको बलात्कारी र हत्यारा पत्ता लगाउन सरकार असफल भयो ।

छोरालाई नैतिक शिक्षा

बिहान सखारैदेखि रातिसम्म रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूले पस्कने खबरले गर्दा लाग्छ, पुरै देश बलात्कारमय छ । अनि छोरीको मात्र होइन, आफ्नै पनि असुरक्षाको भाव मनमा आउँछ । र पाइला–पाइला त्रसित बन्न पुग्छन् ।