कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गर्मीका कारण नेपालगन्जमा चार दिन विद्यालय बन्द 

रूपा गहतराज

नेपालगन्ज — गर्मीसँगै तातो हावा (लु) चलेकाले बाँकेको नेपालगन्जका विद्यालय चार दिन बन्द हुने भएका छन् ।

गर्मीका कारण नेपालगन्जमा चार दिन विद्यालय बन्द 

नेपालगन्ज उपमहानगरपालिकाले जेठ १५ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरस्तरीय विपद व्यवस्थापनको बैठकले गर्मी बिदा दिने निर्णय गरेको नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले बताए ।

नेपालगन्जमा केही दिनदेखि गर्मी बढेको छ । यहाँको तापक्रम ४१ डिग्रीभन्दा बढिरहेको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?