कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

नाब्लस सहरमा प्यालेस्टाइनी र इजरायली सैनिकबीच झडप

नान/सिन्हवा

काठमाडौँ — वेस्ट बैंकको नाब्लस सहरमा बिहीबार राति भएको झडपमा १० प्यालेस्टाइनी र ४ जना इजरायली सैनिक घाइते भएका छन् । इजरायली सेनाको बल सैन्य बुलडोजरसहित विस्फोटक पदार्थ बोकेर आएपछि झडप सुरु भएको हो ।

नाब्लस सहरमा प्यालेस्टाइनी र इजरायली सैनिकबीच झडप

इजरायली सेनाले दर्जनौँ इजरायलवासीलाई धार्मिक अनुष्ठानका लागि नाब्लसको फ्ल्यासपोइन्ट साइट जोसेफको चिहानमा लैजान नाब्लस सहरमा आक्रमण गरेको थियो । जोसेफको चिहानसम्म जाने सडकहरू अवरुद्ध गर्दै प्लोस्टाइनी नागरिकहरूले विरोध गरेका थिए ।

उनीहरूले इजरायली गाडीको टायर जलाउनुका साथै इजरायली सेनाको गाडीमाथि ढुंगा प्रहार गरेका थिए । प्रदर्शकारीलाई रोक्न सैनिकले रबरको गोली र अश्रुग्यास छोडेको थियो । सैनिकबाहेक झडपको क्रममा ५६ प्यालेसटाइनी नागरिक घाइते भएका छन् ।

प्रकाशित : भाद्र १५, २०८० १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?