कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

रुस–युक्रेन युद्ध : कुशको शव बनाएर दाहसंस्कार

मृतकका परिवारले अन्तिमपल्ट अनुहार हेर्ने धोको समेत पुरा गर्न पाएका छैनन्
जनकराज सापकोटा

काठमाडौँ — रुस युक्रेन युद्ध ६ सय ७० दिनभन्दा धेरै भईसक्दा यो युद्धमा कुनै साईनो नभएका नेपालीहरु मारिने संख्या १२ पुगिसकेको छ । युद्धमा मारिएकाहरुको शव नेपाल ल्याउन नसक्दा मृतकका परिवारहरु दोहोरो शोकमा परेका छन् । एकातिर मृत्युको शोक अर्कोतिर परिवारजनको अन्तिमपल्ट अनुहार हेर्न पाईएन भन्ने धोको । यस्तै दुःखमा छन, पोखराका धनराज राई ।

रुस–युक्रेन युद्ध : कुशको शव बनाएर दाहसंस्कार

रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्ध लड्दालड्दै उनका २६ वर्षीय छोरा देवानको असोज २२ मा निधन भयो । यो खबर उनको परिवारले मंसिर १ मा मात्र पायो । मृत्युको खबर पाएको झण्डै २ महिना बित्न लाग्दा पनि धनराजले छोराको दाहसंस्कारको प्रक्रिया अगाडि बढाउन पाएका छैनन् । किनकी उनीहरुलाई शव नेपाल आउने नआउने अझै टुंगो छैन । देवानले सुनाए, ‘रसियामा मृत्यु भएका विदेशी सैनिकको शव उतै सतगद् गरिन्छ रे भन्छन् । पैसा खर्च गर्ने हो भने नेपाल ल्याउन सकिन्छ नि भन्छन् ।’

रुसी सेनामा मृत्यु भएकाहरुको केही परिवारले कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् भने केही शव ल्याउन सकिन्छ कि भनेर अझै बुझबुझारथमा लागिरहेको देखिन्छ । कैलालीको टीकापुर नगरपालिका-१ दुर्गानगरका मंगल शाहले रुसी सेनामा भर्ती भएर मृत्यु भएका भाई भरतबहादुर शाहको शव ल्याउन नसकिने थाहा पाएपछि कर्णाली नदीको दौलतपुर घाटमा कुशको शव बनाएर दाहसंस्कार गरिसकेको बताए ।

स्याङजाको वालिङ नगरपालिका-१४ का हरिप्रसाद अर्यालको परिवारको गहिरो शोक छाएको दुई साता बितिसकेको छ । रुसी सेनामा भर्ती भएर युक्रेनबिरुद्धको लडाईंमा मारिएका हरिको शव ल्याउन सकिन्छ कि भनेर यो परिवारले पहल जारी राखेको छ । मृतकका दाई हरिप्रसाद अर्यालले भाईको मृत्युको खबर थाह पाएपछि शव आउछ कि आउँदैन भनेर एक सातासम्म अधैर्य भएर कुरेको बताए । उनले भने, ‘शव ल्याउन भनेजस्तो सजिलो नभएपछि हामीले आफनतसंग सल्लाह गरेर पुत्ला बनाएर दाहसंस्कारको तयारीमा छौं ।’

मेलुङ गाउँपालिका–६ सुनुवारपानीका राजुकमार रोक्का रुसी सेनामा भर्ती भएर युद्ध लडने क्रममा मृत्यु भएका पुष्टि परराष्ट्र मन्त्रालयले मंसिर १२ मा गरिसकेको थियो । मृत्युको खबर पाएपछिको केही दिन परिवारका सदस्य शव ल्याउन सकिन्छ कि भनेर बुझ्न थाले । तर शव ल्याउन असम्भव जस्तै भएपछि आफुहरुले कुशको शव बनाएर दाहसंस्कार गरेको मृतक राजकुमारका जेठो दाई सुमनकुमारले बताए ।

प्रकाशित : माघ २, २०८० १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×