कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मलालाई न्याय माग्दै विद्यार्थीको प्रदर्शन [भिडियो]

काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय माग्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । बुधबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले 'वी वान्ट जस्टिस' भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकार विरुद्ध चर्को नाराबाजी गरे । 

निर्मलालाई न्याय माग्दै विद्यार्थीको प्रदर्शन [भिडियो]

निर्मलाले न्याय नपाएसम्म आफूहरु आन्दोलित हुने उनीहरुले बताएका छन् । विद्यार्थीहरुले सरकार गम्भीर नभए कडा आन्दोलनको चेतावनी समेत दिएका छन् । कार्यक्रमस्थलमा विद्यार्थीहरुले कान थुनेर,अनुहारमा कालोपट्टि बाँधेर सरकारको विरोध गरेका थिए

प्रकाशित : मंसिर १९, २०७५ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?