कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'साइबर अपराधका घटना लुकाउने प्रवृत्ति धेरै छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा साइबर अपराधका घटनाहरु लुकाउने प्रचलन धेरै रहेको र यस्तो प्रवृत्ति बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले बिहीबार काठमाडौंमा आयोजना गरेको साइबर सुरक्षा संवाद अन्तर्गतको पहिलो सत्र 'अधिक प्रयोग न्यून साक्षरता' विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

'साइबर अपराधका घटना लुकाउने प्रवृत्ति धेरै छ'

अपराधका घट्ना लुकाएर भन्दा बाहिर ल्याउँदा समस्या समाधानका प्रयास हुने भए पनि सरोकारवाला निकाय र सम्बन्धित संस्थाले आफ्नो कम्पनीमा घटेका अपराधका घटना लुकाउन खोज्ने, भित्रभित्रै समाधानका प्रयास गर्ने र समस्या समाधान भइसकेपछि पनि उक्त घटना बाहिर ल्याउन नचाहने प्रवृत्ति अझै कायम रहेको उनले बताए ।

उनले भने 'समस्या लुकाएर भन्दा बाहिर ल्याउँदा छिटो समाधान गर्न सकिन्छ । ती घटनाका आधारमा सरकार र नीति निर्माताहरुले आवश्यक कानुन बनाउन सक्छन् तर, घटना लुकाउने प्रवृत्ति बढ्दै गएकाले प्रभावकारी रुपमा काम हुन सकेको छैन ।'

प्रकाशित : फाल्गुन ११, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?