कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

भारोत्तोलनको ओलम्पिक सोलिडारिटी कोर्स सुरु

काठमाडौँ — भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्स मंगलबारदेखि सुरु भएको छ । सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा सुरु भएको कार्यक्रम पहिलो चरणको कोर्स हो । यस कार्यक्रममा सहभागी हुनेले भारोत्तोलनको प्रशिक्षणसम्बन्धी जानकारी पाउने छन् ।

भारोत्तोलनको ओलम्पिक सोलिडारिटी कोर्स सुरु

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहका बीच कार्यक्रम उद्घाटन गरे । त्यस अवसरमा कमिटीका प्रमुख पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद डोपिङबारे सचेत हुन पर्नेमा जोड दिँदै शक्तिबर्धक प्रतिबन्धित औषधिको प्रयोगले खेलाडीको जीवनमा प्रतिकूल प्रभाव पार्ने बताए ।

यस्तै उनले आफ्नै देशमा हुने यस्तो कार्यक्रममा सहभागी हुनेले बढीभन्दा बढी सिक्ने अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रम पाँच दिनसम्म चल्ने छ ।

कार्यक्रममा कोर्स निदेशकको भूमिकामा ३० वर्षीय सर्बियाली एरभिन रोज्सयानिक रहेका छन् ।

प्रकाशित : जेष्ठ २९, २०८१ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×