कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भलिबलको फ्रेन्चाइज लिगलाई केडियासँग सम्झौता

काठमाडौँ — नेपालको राष्ट्रिय खेल भलिबलको फ्रेन्चाइज लिग हुने भएको छ । एनएमभीएल लिगका लागि नेपाल भलिबल संघले आइतबार केडिया ग्रुप प्रालिसँग प्रायोजन सम्झौता गरेको हो ।

भलिबलको फ्रेन्चाइज लिगलाई केडियासँग सम्झौता

सम्झौता पत्रमा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमार केडियाले हस्ताक्षर गरेका थिए ।

यो सम्झौता ७ वर्षको हुने जनाइएको छ । फ्रेन्चाइज लिग गर्न लाग्ने सम्पूर्ण खर्च केडिया ग्रुपले व्यवस्थापन गर्नेछ । साथै केडिया ग्रुपले नेपाल भलिबल संघलाई हरेक वर्ष ३५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

फ्रेन्चाइज लिगको पहिलो संस्करण माघ–फागुन महिनासम्म राजधानीमा गर्ने लक्ष्य रहेको संघका अध्यक्ष चन्दले जानकारी गराए । त्यसपछि अन्य संरकरण होम एन्ड अवेका आधारमा अन्य सहरमा समेत गराइने लक्ष्य संघको छ ।

प्रायोजक ग्रुपका प्रबन्ध निर्देशक विमलकुमार केडियाले राष्ट्रिय खेल भलिबलसँग फ्रेन्चाइज लिगमा सम्झौता गर्न पाउँदा उत्साही भएको बताउँदै लिगको माध्यमबाट खेलाडी, प्रशिक्षक र भलिबल संघलाई व्यावसायक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

फ्रेन्चाइज लिगबारे पछि विस्तृतमा जानकारी गराइने अध्यक्ष चन्दले बताए ।

प्रकाशित : जेष्ठ १३, २०८१ २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?