कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोशीमा दिवा-रात्री टी-१० क्रिकेट सोमबारदेखि

विनोद भण्डारी

विराटनगर — विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै छ । प्रतियोगितामा मुलुकका विभिन्न ७ वटा क्लबको सहभागिता रहने र ती हरेक क्लबमा चार जना विदेशी खेलाडीले सहभागिता जनाउने छन् ।

दिवा रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि आयोजकले वडा ६ को बरमपुरामा १२ लाखको लागतमा बाँसको खम्बामा अस्थायी फलड्लाईटको व्यवस्था गरेको छ ।

वडाध्यक्ष अध्यक्ष सहनीका अनुसार विजेता टिमले ५ लाख, उपविजेताले २ लाख, तेस्रोले एकलाख र चौथो हुने टिमले ५० हजार पुरस्कार पाउने छ । उनका अनुसार क्रिकेटको प्रचारप्रसारका गर्ने उद्देश्यले नयाँ स्वरुपमा प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिता सञ्चालनकालागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमध्ये वडा कार्यालयले ७ लाख दायित्व बोक्ने र बाँकी रकम प्रायोजकबाट संकलन गर्ने लक्ष्य रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमदबावु कुरेसीले बताए ।

प्रतियोगिताको म्यान अफ द सिरिजलाई २५ हजार, हरेक म्याचको म्यान अफ द म्याचलाई तीन हजार र एक ओभरमा ६ छक्का हान्ने ब्याटरलाई पुरस्कार स्वरुप वासिङ मेसिनको व्यवस्था गरिएको कुरेसीले वताए । उनका अनुसार प्रतियोगितामा विश्वकप खेल्न अमेरिका पुगेका खेलाडी बाहेकका मुलुकका सबै खेलाडीको सहभागिता रहने छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ २२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?