कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

एनसीसीएस कपमा सीईसी भक्तपुर विजयी

काठमाडौँ — मूलपानी क्रिकेट मैदानमा शनिबार एनसीसीएस आमन्त्रण उपत्यकाव्यापी कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) भक्तपुर ८ विकेटले विजयी भएको छ ।

एनसीसीएस कपमा सीईसी भक्तपुर विजयी

ओएसिसले क्रिकेट एकेडेमीले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाई ९७ रन बनायो । आशिष भट्टराईले ५१ र निश्चल श्रेष्ठले १२ रन जोडे । सीईसीका अविनाश बस्यालले ३, भूपेन्द्र चन्द र स्वरुप श्रेष्ठले समान २ विकेट लिए ।

जवाफमा सीईसीले १३.२ ओभरमै २ विकेट गुमाएर ९८ रनको लक्ष्य पूरा गर्‍यो । रोशन साउदले अविजित २७, विपिन आचार्यले २६ र दिनेश सुवेदलिे २३ रन बनाए । ओएसिसका समर्पण अधिकारी र शंकर रानाले समान १ विकेट लिए । अर्धशतक बनाएका अविनाश बस्याल प्लेयर अफ द म्याच भए ।

महिलातर्फको खेल एक इनिङ्स मात्र हुन सक्यो । काठमाडौं जिल्लाले निर्धारित २० ओभमार ७ विकेट १ सय रन बनाएको थियो । अस्मिता खरेलले १७ र कञ्चन श्रेष्ठले १३ रन बनाएका थिए । भक्तपुर जिल्लाका अनुषा रोक्काले ४, स्वेच्छा खड्का र पूजा साउदले १–१ विकेट लिएका थिए । वर्षाका कारण दोस्रो इनिङ्स हुन नसकेपछि दुवै टिमलाई १–१ अंक प्रदान गरिएको आयोजक भक्तपुर जिल्ला क्रिकेट संघले जनाएको छ ।

आयोजक भक्तपुरले नेपाल क्रिकेट संघ र वाग्मती प्रदेश क्रिकेट संघको सहयोगमा शैक्षिक संस्था एनसीसीएस समूहसॅग मिलेर आयोजना गरेको प्रतियोगिता जेठ १९ सम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता जनाएका छन् ।

प्रकाशित : जेष्ठ १२, २०८१ २२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?