कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि आयोजकलाई

डम्बरसिं राई

खोटाङ — राष्ट्रिय कराते प्रतियोगिताको उपाधि आयोजकले चुमेको छ । नेपाल खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबार सम्पन्न खेलमा आठ स्वर्ण, चार रजत र दुई कांस्यसहित एक लाख ११ हजार एक सय ११ रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको हो ।

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि आयोजकलाई

आयोजक टिमबाट कुमिते पुरुषतर्फ माइनस ८४ केजीमा ईश्वरधन राई, माइनस ७५ केजीमा रूरीहाङ दुमी, ५० केजीमा दीपेश राई महिलातर्फ माइनस ६८ केजीमा युमासाम राई, ६१ केजी समूहमा सविना श्रेष्ठ, महिला एकलकतामा रोस्मा राई, टिमकाता करुणा राई, अनिषा राई र विसुका राई, पुरुष टिमकातामा सूर्यनचन्द्र राई, रूरीहाङ दुमी र अर्जुन श्रेष्ठको टिमले स्वर्ण दिलाएका हुन् ।

महिला ५० केजीमा आयुस्मा राई, पुरुष ५५ केजी र एकलकातामा सूर्यचन्द्र राई तथा ४५ केजीमा प्रणयविक्रम राईले रजत पाएका हुन् । त्यस्तै ६० केजीमा संयोग भुजेल र महिला ४५ केजीमा विसुका राईले कास्य जितेका हुन् ।

त्यस्तै तीन स्वर्ण, दुई रजत र ६ कांस्यसहित वाग्मती प्रदेश दोश्रो घोषित भएको छ । उसले ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाएको छ । वाग्मतीका लागि पुरुष ६० केजीमा मिलन नेपाली, ५५ केजीमा देवराज श्रेष्ठ र एकलकातामा अर्जुन मगरले स्वर्ण दिलाएका हुन् । महिला ६१ केजीमा जयन्ती लिम्बु, पुरुष ५० केजीमा सुदीप सापकोटाले रजत दिलाए भने पुरुष ६७ केजीमा शिव भुजेल, ७५ केजीमा सुजन मगर, माइनल ८४ मा पासाङ ग्याल्जिङ थोक्रा, ४५ केजीमा अशोक कुमाल, महिला ५५ केजीमा कृतिका पौडेल र समूहकाता टिमकाता गरी ६ कास्य पदक दिलाएका हुन् ।

दुई स्वर्ण, एक रजत र चार कांस्यसहित गण्डकी प्रदेश तेश्रो घोषित भएको छ । गण्डकीले ३३ हजार तीन सय ३३ रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाएको छ । महिला ४५ केजीमा सुनमिना तामाङ, ५० केजीमा प्रिति तामाङले स्वर्ण, महिला एकलकातामा सोमिना तामाङले रजत, महिला ६१ केजीमा जाहिरा मिया, ५५ केजीमा सलिना तामाङ, पुरुष माइनस ७५ केजीमा मणिकुमार साह र महिला समूहकाताले कास्य दिलाएका हुन् ।

एक स्वर्ण, सात रजत र चार कांस्यसहित कोशी प्रदेश चौथो भएको छ । कोसीले २२ हजार दुई सय २२ रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाएको छ । पुरुष ६७ केजीमा जिवेश राईले स्वर्ण, ६० केजीमा विशाल राई, ७५ केजीमा आकाश मण्डल, माइनस ८४ मा प्रतिक राई, महिला ५५ केजीमा कृति राई, ४५ केजीमा सोनिया राई, पुरुष समूहकाता, महिला समूहकाता गरी सात रजत र पुरुष ५५ केजीमा अनिश मण्डल, ५० केजीमा सुशान्त थापा, महिला एकल कातामा कृति राई र पुरुष एकलकातामा अमिर राईले कास्य दिलाएको हो ।

उत्कृष्ट खेलाडीमा आयोजक टिमका रूरीहाङ दुमी र सुदूरपश्चिमकी गरिमा मल्ल घोषित भए । उनीहरूले २२ हजार दुई सय २२ रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाएका छन् । उत्कृष्ट व्यवस्थापक टिममा मधेस प्रदेशले २२ हजार दुई सय २२ रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाएका ह । उक्त खेल प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव २०८१ को अवसरमा आयोजना गरिएको हो । महोत्सवकै अवसरमा वैशाख ३१ गते म्याराथन, जेठ ३ गते राष्ट्रिय कविता प्रतियोगिता र जेठ ६ गते १८ वर्षमुनिको राष्ट्रिय गायन प्रतियोगिता भएको थियो ।

प्रकाशित : जेष्ठ ११, २०८१ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×