कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

उपाधिको खडेरी तोड्दै एटलान्टा युरोपा लिग च्याम्पियन

काठमाडौँ — एडेमोला लुकमनको सनसनीपूर्ण ह्याट्रिकमा एटलान्टाले फाइनलमा बायर लेभरकुजनलाई ३–० ले पराजित गर्दै बुधबार युरोपा लिगको उपाधि जितेको छ । यससँगै सिरी ए क्लबले ६१ वर्ष लामो उपाधिको खडेरी पनि तोडेको छ ।

उपाधिको खडेरी तोड्दै एटलान्टा युरोपा लिग च्याम्पियन

एटलान्टाले युरोपेली फुटबलको कुनै उपाधि जितेको पनि यो पहिलो पटक हो । यस्तै सन् १९७३ यता कोही खेलाडीले युरोपेली फुटबलको फाइनलमा गोल गरेको पनि यो पहिलो पटक हो ।

नाइजेरियाली लुकमनले १२, २६ र ७५ औं मिनेटमा गोल गरे । हारले जर्मन बुन्डेसलिगा क्लबको ५१ खेलको अपराजित यात्रामा भने पूर्णविराम लागेको छ ।

इन्टर मिलान र एसी मिलानको छायाँमा रहँदै आएका एटलान्टा अहिले क्लब इतिहासकै स्वर्णित अवसरबाट गुज्रिरहेको छ । प्रशिक्षक जियान पिएरो गासपेरिनीको नेतृत्वमा एटलान्टा पछिल्ला चार सिजन च्याम्पियन्स लिगका छनोट भएको छ भने अहिले उपाधि चुम्न पनि सफल रह्यो ।

प्रकाशित : जेष्ठ १०, २०८१ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?