कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सिरी ए : इन्टर मिलानले जित्यो लिग उपाधि

एजेन्सी

मिलान — इन्टर मिलानले सोमबार एसी मिलानलाई २–१ ले पराजित गर्दै इटालीको सिरी ए उपाधि जितेको छ । लगातार छैटौं डर्बी जित्ने क्रममा इन्टरले लिग तालिकाको शीर्षमा निर्णायक अग्रता लिएको हो ।

सिरी ए : इन्टर मिलानले जित्यो लिग उपाधि

सानसिरोमा प्राप्त यस जितमा फ्रान्सिस्को एसेरबी तथा मार्कस थुरामले गोल गरे र इन्टरले लिगमा पाँच चरणको खेल बाँकी छँदा १७ अंकको निर्णायक अग्रता प्राप्त गरेको हो । मिलानका लागि फिकायो टोमोरीले एक गोल फर्काए ।

इन्टरले अन्तिम पटक सन् २०२१ मा लिग जितेको थियो । त्यसपछि मिलान र नेपोलीले यसमाथि कब्जा जमाएको थियो । सिमोनी इन्जाघीले भने प्रशिक्षकका रूपमा पहिलो पटक उपाधि जितेका छन् ।

प्रकाशित : वैशाख ११, २०८१ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×