क्याडेट चेसमा पुरुषोत्तम र पूर्णिमा अगाडि
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — वीरगन्जमा भइरहेको राष्ट्रिय स्तरको मुनलाइट युथ एन्ड क्याडेट नेसनल चेस च्याम्पियनसिपको खेलमा विभिन्न उमेर समूहका खेलाडी अग्रता लिएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![क्याडेट चेसमा पुरुषोत्तम र पूर्णिमा अगाडि](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/chess-2342024060148-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
होटल क्लासिकमा जारी प्रतियोगितामा १६ र १८ वर्षभित्रका उमेर समूहमा छैटौं राउन्डसम्म पुरुषोत्तम सिलवाल अग्रस्थानमा छन् । दोस्रो स्थानमा आदयन्ता काफ्ले र तेस्रो स्थानमा अनुशा गौतम छन् । यो उमेर समूहमा २४ प्रतिस्पर्धी छन् । ८ र १० वर्षभित्रका उमेर समूहमा अग्रिम जैन्सु अग्रस्थानमा छन् । हार्दिक पन्त दोस्रो र साहस श्रेष्ठ तेस्रो स्थानमा छन् । यसमा १० खेलाडी छन् ।
प्रतियोगिताको १२ देखि १४ वर्षको उमेर समूहमा छैटौं राउन्डमा अनुपजंग शाह अगाडि छन् । दोस्रोमा कृशान्त घिमिरे र अविन पान्डे तेस्रो स्थानमा छन् ।
छात्रातर्फ छैटौं राउन्डमा पूर्णिमा गुरुङ अगाडि छन् । दोस्रो स्थानम इशा गिरी र तेस्रो स्थानमा सृष्टि साह छन् । प्रतियोगितामा ६१ छात्र र १४ छात्राले सहभागिता जनाएका छन् ।
उमेर समूहका विजेताले जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औं एसियन युथ चेस च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउने चिफ आर्बिटर रामकिशोर सिंह परागले जनाएका छन् ।
नेपाल बुद्धिचाल महासंघ, पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाइटट माविको मुख्य आयोजना र नेसनल इन्फोटेक कलेजको सहआयोजनामा भएको प्रतियोगीता बिहीबारसम्म चल्ने छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)