३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

चेन्नईमाथि लखनऊको सजिलो जित

काठमाडौँ — लखनऊ सुपर जायन्ट्सले शुक्रबार चेन्नई सुपर किंग्समाथि सजिलो आठ विकेटको जित रचेको छ । यो जितपछि लखनऊ ८ अंकसहित पाँचौं स्थानमा पनि उक्लिएको छ ।

चेन्नईमाथि लखनऊको सजिलो जित

डिफेन्डिङ च्याम्पियन चेन्नई समान आठ अंकमा तेस्रो स्थानमा छ । जितका लागि १ सय ७७ रनको लक्ष्य पाएको लखनऊले दुई विकेट गुमाएर १९ ओभरमा १ सय ८० रन बनाएको हो ।

त्यसमा ओपनर जोडी क्विन्टन डि ककले ५४ र केएल राहुलले ८२ रन बनाए । कप्तान राहुल ‘प्लेयर अफ द म्याच’ बने । उनले नौ चौका र तीन छक्का प्रहार गरे । यसअघि चेन्नईले रवीन्द्र जडेजाको ५७ रनको योदानामा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो ।

प्रकाशित : वैशाख ८, २०८१ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?