पुल्चोक फेरि 'सी’ को शीर्षमा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा बिहीबार पुल्चोक क्लब फेरि शीर्षस्थान उक्लेको छ । पुल्चोकसँगै आरसी ३२ दुवैले सुरुआती तीन खेल जितेका छन् । दुवैसँग ९ अंक छ । पुल्चोक भने गोल अन्तरले अगाडि रहेको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुल्चोकले झम्सिखेललाई ४–१ ले हरायो । यो पुल्चोकको पुनराागमन जित रह्यो । रेफ्रीले
पेनाल्टी दिएको निर्णयप्रति झम्सिखेलको आपत्ति रह्यो र खेल तनावपूर्ण बन्यो । टोलीका प्रशिक्षक अनिश नेपालीलाई रातो कार्ड देखाइयो । २०७४ सालमा ‘बी’ डिभिजनबाट रेलिगेसन परेको पुल्चोकले बढुवा हुनसक्ने संकेत देखाएको छ । बिहीबारै साँगा टिमले आफ्नो दोस्रो जितका लागि रानीवनलाई १–० ले हराएर ६ अंक पुर्याएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया