मेलबोर्न क्रिकेट क्लब ७ विकेटले विजयी
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
तिलोत्तमा — ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वान–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन 'ए' को ग्रुप ''ए' को अन्तिम खेलमा मेलबोर्न क्रिकेट क्लब विजयी भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![मेलबोर्न क्रिकेट क्लब ७ विकेटले विजयी](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/cricket-1642024025251-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
सिद्धार्थ क्रिकेट मैदानमा मंगलबार भएको खेलमा मेलबोर्न क्रिकेट क्लब भैरहवा ले देवदह क्रिकेट युनिट लाई ७ विकेट ले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको देवदह ले निर्धारित ५० ओभर मध्य ३१ ओभर मा अल आउट हुँदै १०६ रन को स्कोर बनाएको थियो। देवदह को तर्फ बाट ब्याटिङ मा ओपनर ब्याटर सुमनराज पाण्डेले ३६, संकेत भट्टराईले ३० रन को पारी खेल्दै राम्रो सुरुवात गरेका थिए ।
अन्य ब्याटरको प्रदर्शन राम्रो नहुदा देवदह मात्र १०६ रन मा सिमित हुन पुग्यो। देवदहलाई उक्त स्कोरमा रोक्न मेलबोर्नका कप्तान रोसनलाल गुप्ताले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिन सफल भए । अन्य बलर रमेश कुर्मीले ३ र अर्जुन करुसले २ विकेट लिन सफल भए । १०६ रन को स्कोर मा देवदह लाई १४ रन अतिरिक्त को रुपमा प्राप्त भएको थियोे।
प्रतिउत्तर मा १०७ रन को विजयी लक्ष्य को साथ ब्याटिङमा आएको मेलबोर्नले २० ओभर ब्याटिङ गर्दै ३ विकेट गुमाउँदै सहजै जित निकाल्यो । ब्याटिङमा मेलबोर्नको तर्फबाट विष्णु कटरियाले नट आउट ४२, समिर अलीले नट आउट २६ र विजय कोहार ले २० रन को योगदान दिए ।
मेलबोर्नलाई १३ रन अतिरिक्त को रुपमा देवदहले दिएको थियो। देवदहको तर्फबाट बलिङमा सुरज खड्का, शिव गुप्ता र सन्दिप पाण्डेले १/१ विकेट लिएका थिए। उक्त खेलको प्लेयर अफ दि म्याच मेलबोर्नका रोशल लाल गुप्ता घोषित भए। यो खेलसँगै रुपन्देही सुपर लिगका सम्पूर्ण लिग खेलको समाप्ति भएको छ। बुधबार तिरुपति क्रिकेट क्लब भैरहवा र लुम्बिनी खुकुरी क्लब बेलहियाबिच फाइनल खेल हुनेछ।
ग्रुप 'ए' बाट देवदह क्रिकेट युनिट पुनह डिबिजन 'बि' मा घटुवा भएको छ। यस समूह बाट लुम्बिनी खुकुरी क्लब बेलहिया, नेपथ्य तिलोत्तमा क्रिकेट क्लब मणिग्राम, न्यु होराइजन क्रिकेट क्लब बुटवल र मेलबोर्न क्रिकेट क्लब भैरहवा डिबिजन 'ए' मै रहन सफल भएका छन्।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)