इंग्लिस प्रिमियर लिग : एभरटनमाथि चेल्सीको ६ गोल
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
लन्डन — चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई ६-० ले पराजित गरेको छ । यो जितका नायक रहे, मिडफिल्डर कोल पाल्मर । उनले ४ गोल गरे । त्यसमध्ये सुरुआती ३ गोल पहिलो हाफको २९ मिनेटभित्र सम्भव भएको थियो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![इंग्लिस प्रिमियर लिग : एभरटनमाथि चेल्सीको ६ गोल](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/chese-1642024041304-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
यस्तै निकोलस ज्याक्सन र एलिफ गिलक्रिस्टले पनि १/१ गोल गरे । यो जितपछि चेल्सीको ४७ अंक भएको छ र नवौं स्थानमा रह्यो । चेल्सीले अब अर्को सिजन युरोपमा खेल्नका लागि प्रयास गर्न सक्नेछ ।
एभरटन भने २७ अंकमै सीमित रहेर १६ औं स्थानमा रह्यो । हारले एभरटनमाथि रेलिगेसन दबाब कामय रह्यो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया