कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बाग्चौरलाई क्रिकेटको उपाधि

सल्यान — अन्तरपालिका, जिल्लास्तरीय तथा शारदा मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि बाग्चौर नगरपालिकाले जितेको छ । 

बाग्चौरलाई क्रिकेटको उपाधि

फाइनल खेलमा शारदा नगरपालिकाको टिमलाई १५ रनले हराउँदै बाग्चौरले उपाधिमाथि कब्जा जमाएको हो । टस जितेर ब्याटिङ रोजेको बाग्चौरको टिमले २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो भने शारदा नगरपालिका टिम १ सय ३ रनमा सीमित रह्यो । जवाफी ब्याटिङमा उत्रिएको शारदाले १५.४ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनमात्र जोड्न सक्यो ।

विजेता बाग्चौरले १ लाख नगद र उपविजेता शारदाले ५० हजार नगद पुरस्कार प्राप्त गरेको क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले जनाए । खेलमा २८ रन र २ विकेट लिएका बाग्चौरका हेमराज बस्नेत बेस्ट प्लेयर, बेष्ट ब्याट्स म्यान शारदाका आस्विन सिंह, बेष्ट बलर त्रिवेणी गाउँपालिकाका टेकबहादुर डाँगी, ईमरजिङ प्लेयर त्रिवैणीकै सुमित भण्डारी, लिटल मास्टर छत्रेस्वरी गाउँपालिकाका विमोचन थापा, बेष्ट फिल्डर बाग्चौरका हेमराज बस्नेत, किपरमा त्रिवेणीका मोहन खत्री र सर्वोत्कृष्ट खेलाडी शारदाका सुरज बुढाथोकी चुनिए ।

प्रतियोगिता चैत २८ गतेदेखि शारदा २ लुहापिङ्गस्थित त्रिजमाविको खेल मैदानमा भएको थियो । प्रतियोगितामा ८ पालिकाका खेलाडीले भाग लिएका थिए ।

प्रकाशित : वैशाख ४, २०८१ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×