खेलकुद र युवामा नयाँ युगको सुरुवात भयो : मन्त्री श्रेष्ठ
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरूमा नयाँ युगको सुरुवात भएको बताएका छन् । काठमाडौंमा १४ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै खेलकुदमन्त्री श्रेष्ठले खेलकुदमा रहेका सम्भावना खोज्नुपर्ने बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![खेलकुद र युवामा नयाँ युगको सुरुवात भयो : मन्त्री श्रेष्ठ](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/biraj-bhakta-shrestha-1642024042208-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले दूरदराज गाउँहरूबाट खेलाडी उत्पादन गरेको पनि मन्त्री श्रेष्ठको भनाइ थियो । खेलकुद क्षेत्रको विकासका लागि नीतिगत कुरा सुधार्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए । ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले गर्दा दूरदराज गाउँहरूबाट खेलाडी उत्पादन हुँदै गरेकाले जुन कुरा हामीले अस्ति विभिन्न फोरममा भनेका थियौँ कि खेलकुदमा र युवाहरूमा नयाँ युगको सुरुवात भएको छ भनेर, मैले त्यत्तिकै भनेको होइन,' उनले भने, 'केही नीतिगत कुरा सुधार्नुपर्ने छ । तीन दशकदेखिका बेथितिलाई सुधारेर सम्भावनालाई पनि खोज्नुपर्ने छ । यहाँ हामी सबैजना निष्ठाका साथ इमान्दार भएर कोसिस गर्ने हो भने खेल क्षेत्रले भोलि राष्ट्रको झण्डा फर्फराउने छ । सबै मिलेर गर्दा खेलमा केही सुधार भएको छ ।’
मन्त्री श्रेष्ठले तीन दशकदेखिका बेथितिलाई सुधारेर सम्भावना खोज्नुपर्ने आवश्यकता रहेको बताए । खेलकुदको माध्यमबाट राष्ट्रिय एकता बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)