पलेशाले ओलम्पिक दीप प्रज्वलन गर्ने
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — ओलम्पियन पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा ओलम्पिक दीप प्रज्वलन गर्ने भएकी छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![पलेशाले ओलम्पिक दीप प्रज्वलन गर्ने](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/sports/palesha-goverdhan-1542024051822-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
मंगलबार हुने उद्घाटन समारोहमा उनले दीप प्रज्वलन गर्नुअघि ओलम्पिक टर्चलाई दशरथ रंगशालाको ट्र्याकमा परिक्रमा गराइने भएको छ ।
टर्च परिक्रमामा ओलम्पियन जुडोकी देवु थापा, भारोत्तोलनका कमलबहादुर अधिकारी र एथलेटिक्सका हरि रिमाल सहभागी हुनेछन् । परिक्रमापछि टोकियो ओलम्पिक खेलेकी पलेशाले ओलम्पिक दीप प्रज्वलन गर्ने छन् । दीप प्रज्वलन कार्यक्रमको संयोजन नेपाल ओलम्पियन्स संघले गरेको राखेपले जनाएको छ ।
चीनको तायाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिसकेकी छन् ।
पलेशा चौथो एसियाली पारा खेलकुदमा कांस्य जितेकी थिइन् । चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा उनले जितेको कांस्य नेपालको पहिलो पारा एसियाड पदक थियो । ऐतिहासिक जितेकी थिइन् । मंगलबार सुरु हुने प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ ।
चीनमा अध्ययनरत पलेशा पेरिस ओलम्पिक तयारीका लागि आइतबारमात्र नेपाल आइपुगेकी हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)