भुइँखेल काठमाडौं र फ्रेन्डसीप तनहुँ सेमीफाइनलमा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
लमजुङ — सुखी गाउँले चिनिएको लमजुङको घलेगाउँमा जारी सातौं स्मार्ट भिलेज गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलबाट भुइँखेल फुटबल क्लव काठमाडौं र फ्रेन्डसीप युवा क्लव तनहुँ सेमी फाइलनमा प्रवेश गरेका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![भुइँखेल काठमाडौं र फ्रेन्डसीप तनहुँ सेमीफाइनलमा](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/sports/budda-yuth-and-friendshipghalegaon-lamjung-1-1542024055535-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
स्वर्गभूमि रंगशालामा भएको पहिलो खेलमा भुइँखेल काठमाडौंले त्रिवेणी युवा क्लव बेंसीसहरलाई ३–० गोल हन्तरले हरायो । पहिलो हाफ ४० मिनेट गोलरहित बराबरी खेलेकोमा दोस्रो हाफको ११, १८ र ३० औं मिनेटमा भुइँखेलका तर्फबाट विदेशी खेलाडी रिचर्ड विलियमले ३ गोल गरे ।
यसअघि देवदह नगरपालिकालाई जितेर आएको त्रिवेणी युवा क्लव भुइँखेलसंगको खेलमा स्तब्ध बन्यो । खेलमा रिचर्ड विलियम म्यान अफ दि म्याच घोषित भए ।
अर्को खेलमा फ्रेन्डसीप युवा क्लव तनहुँले बुद्ध युवा क्लव भोटेओडार लमजुङलाई ७–१ को फराकिलो गोलअन्तरले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो । खेलको सुरुवाती ७ मिनेटमा फ्रेन्डसीपका बिकी चाम्लिङ राइले गोल खाता खोले । त्यसपछि लगातार ६ गोल गर्दै फ्रेन्डसीपका विदेशी खेलाडी अबायोमी फाकुण्डेले हृयाट्रिक गरे ।
उनले दोस्रो हाफको ११, १५, १६, १८, ३० र ३६ औँ मिनेटमा गोल गरे । बुद्ध युवा क्लवका अनिष तामाङले खेलको अन्तिम समय दोस्रो हाफको ३९ औं मिनेटमा १ गोल गरी टीमलाई शुन्य हुनबाट जोगाए । खेलमा अबायोमी फाकुण्डे म्याद अफ दि म्याच घोषित भए ।
मंगलबारको पहिलो खेल बेंसीसहर युथ सोसाइटी र भरतपुर फुटबल क्लवबीच बिहान ११ बजे हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कार ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल र द्वितीय पुरस्कार ३ लाख ५० हजार ३ सय ५५ रुपैयाँ, कप र मेडल राखिएको छ ।
सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०/१० हजार रुपैयाँ र मेडल प्रदान गरिने आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउाका अध्यक्ष प्रेम घलेले बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)